शुक्रबार, वैशाख ७, २०८१

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन पुष २१ देखी सुरु

नेपालखोज २०७७ पुष १४ गते ११:३६

पोखरा । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन २१ पुसबाट सुरु हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले २१ गते साढे १ बजेका लागि विशेष अधिवेशन बोलाउनुभएको हो । प्रदेश सभाको विशेष अधिवेशन पोखरा सभागृहमा गर्नेबारे छलफल गरिएको छ ।

कोभिड प्रोटोकल अनुसार भौतिक दूरी कायम गर्न सभागृहमा गर्नेबारे छलफल गरीएको छ । विशेष अधिवेशन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादीले मंसिर ३० गते प्रदेश प्रमुखलाई माग पत्र बुझाएका थिए ।

संयुक्त मागपत्रमा नेपाली कांग्रेसका १५ र समाजवादी पार्टीका २ सांसदले हस्ताक्षर गरेका थिए । संविधानको धारा १ सय ८३ अनुसार एक चौथाइ सांसदले माग गरे विशेष अधिवेशन बोलाउनुपर्ने प्रावधान छ ।

गण्डकी प्रदेशमा कांग्रेससँग अधिवेशन माग गर्न आवश्यक पर्ने एक चौथाइ अर्थात् १५ सांसद छन् । तर उसले २ सांसद भएको समाजवादीलाई साथमा लिँदै अधिवेशनको माग गरेको थियो । गण्डकी प्रदेश सभाको छैटौं अधिवेशन जेठ ११ मा सुरु भएर असोज २६ गते सकिएको थियो ।

प्रतिक्रिया