बैंकिङ कसुर मुद्दाका फरार श्रेष्ठ पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा मिन भवनले बैंकिङ कसुर मुद्दाका फरार अभियुुक्त श्यामकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।
महाशाखाका सुचना अधिकारी प्रहरी उपरीक्षक इश्वर कार्कीकाअनुसार काठमाण्डौं का.जि.का.म.न.पा. वडा नं ९ पुरानो वानेश्वर स्थित समानान्तर निर्माण सेवा प्रा.लि कानिरोज कुमार थपलियाको बैकिङ कसुर सम्बन्धी जाहेरी अनुसार काठमाण्डौं का.जि.का.म.न.पा. वडा नं ९ स्थित जय बाबा गोरख कन्स्ट्रक्सन प्रा.लि का संचालक श्यामकुमार श्रेष्ठलाई महाशाखाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे काठमाडौंको सितापाइलाबाट पक्राउ गरिएको छ ।
पक्राउ परेका श्रेष्ठेलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको कार्कीले बताएका छन् । प्रहरी उपरीक्षक कार्कीका अनुसार श्रेष्ठले काठमाडाैंको नागार्जुन.न.पा स्थित सितापाइला सडक खण्डमा एसफल्ट पाभिङ वर्क सम्पन्न गरे बापतको रकम दिनु पर्नेमा ग्लोबल आई.एम.ई बैक कान्तिपथ शाखाको एक करोड ३६ लाख १० हजार दुई सय ८८ रुपैयाँ बराबरको चेक दिई बैकिङ कसुर मुद्दामा फरार रहेका थिए ।








प्रतिक्रिया