आइतबार, जेठ ६, २०८१

अलफर्दान एक्सचेन्ज र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

नेपालखोज २०७७ पुष १४ गते १८:४४

काठमाडौं । इसेवा मनि ट्रान्सफर र यूएईको ख्याति प्राप्त रेमिट्यान्स् सेवा प्रदायक कम्पनी अलफर्दान एक्सचेन्ज बीच रेमिट्यान्स् कारोबार सम्झौता भएको छ ।

यो सेवा सुरु भएसँगै यूएईमा रहेका नेपालीहरुले “अलफर्दान एक्सचेन्ज”का ६५ वटा शाखाहरुबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा रकम पठाउन सकिनेछ । नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपालभर रहेका ८ हजार भन्दा धेरै एजेन्ट तथा इसेवा वालेट एपमार्फत पनि प्राप्त गर्न सकिनेछ । त्यसैगरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ ।

रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र अलफर्दान एक्सचेन्ज रेमिटेन्सको तर्फबाट पूर्व प्रमुख कार्यकारी अधिकृत ओसामाअल राहमाले हस्ताक्षर गरेका छन् ।

इसेवा मनि ट्रान्सफरले डिजिटल र एजेन्ट बेस रेमिट्यान्स् सेवामार्फत विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नुे उद्देश्य रहेको इसेवामनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।

प्रतिक्रिया