सोमबार, जेठ ७, २०८१

युरोपका ठूला कार कम्पनी

नेपालखोज २०७८ चैत ५ गते १४:२७

काठमाडौं । नेपालमा मारुती सुजुकी, हुन्डाई, महिन्द्रा, टाटा आदि कम्पनीका गाडी बढी देखिन्छन् । उता युरोपमा कस्ता गाडी बढी बिकिरहेका छन् त ? तथ्यांकअनुसार युरोपका सात ठूला कार कम्पनीमध्ये चार कम्पनी जर्मनीका छन् । हेरौं युरोपमा बढी बिक्ने कार कम्पनीको नालिबेली ।

युरोपमा राज गर्ने भक्सवागन
जर्मन कम्पनी भक्सवागन युरोपको सबैभन्दा ठूलो मोटर कम्पनी हो । यो कम्पनीको बजार मूल्य १०३.३ अर्ब अमेरिकी डलर छ ।

मर्सिडिज बेन्ज
जर्मन कार कम्पनी मर्सिडीज बेन्जको बजार मूल्य ७३.२ अरब डलर छ ।

बीएमडब्ल्यू
बाएरिशे मोटर वर्क अर्थात् बीएमडब्ल्यू युरोपको तेस्रो ठूलो कार कम्पनी हो । बीएमडब्ल्यूको बजार मूल्य ५४.२ अर्ब डलर छ ।

स्टेलान्टिस
फिएट क्रिसलर तथा फ्रान्सको पीएसए ग्रुपलाई मिलाएर २०२१ मा बनेको कम्पनी स्टेलान्टिस युरोपको चौथो ठूलो कार कम्पनी हो । यसको बजार मूल्य ४८.५ अर्ब डलर छ । फिएट, जिप तथा ओपल कारहरु निर्माण गर्ने यो कम्पनीको मुख्यालय एम्सटर्डममा छ ।

फेरारी
लग्जरी कार तयार गर्ने इटलीको फेरारी पनि युरोपको टप कार कम्पनी हो । यसको बजार मूल्य ३५.८ अर्ब डलर छ ।

पोर्शे
२६.१ अर्ब डलरको कार कम्पनी पोर्शे यो सूचीको चौथो जर्मनी कार निर्माता कम्पनी हो ।

भल्वो
स्विडेनको कार निर्माता भल्वोको बजार मूल्य १९.२ अर्ब डलर छ र यो युरोपको सातौं ठूलो कार निर्माता कम्पनी हो ।

प्रतिक्रिया