आइतबार, जेठ ६, २०८१

प्रभु क्यापिटलले टिकटक क्याम्पियन आयोजना गर्दै

नेपालखोज २०७७ पुष १४ गते १८:५७

काठमाडौं । आफ्नो स्थापनाकालदेखि नै गुणस्तरीय सेवा र ग्राहकहरुको सुविधालाई प्राथमिकता दिँदै आएको प्रभु क्यापिटलले टिकटक क्याम्पियन आयोजना गरिरहेको छ ।

आफ्ना टिकटक भिडियोहरुबाट लोकप्रियता कमाउन सफल रेश्मा घिमिरेले आफ्नो टिकटक एकाउन्टमा अपलोड गरेको प्रभु क्यापिटलको गीत र सोही क्याप्सनसहित आफ्नो टिकटक भिडियो अपलोड गरेर यस प्रतियोगितामा सहभागिता जनाउन सकिनेछ ।

यहि पौष ९ गतेदेखि माघ ८ गतेभित्र प्रभु क्यापिटलको गीतमा टिकटक बनाउनु हुने सहभागीहरु मध्ये उत्कृष्ट भिडियो बनाउने तीन प्रतियोगीहरुले हेलिकप्टरको फ्लाईटमार्फत गोसाइँकुण्ड घुम्ने मौका प्राप्त गर्ने छन् ।

हाल सबैको रुचि बनेको टिकटकमार्फत आयोजना हुने यो प्रतियोगितामा उल्लेखनिय सहभागिता रहने अपेक्षा पनि गरिएको छ । साथै यस टिकटक प्रतियोगिता अवधिभरि प्रभु क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्ने अवसर पनि रहेको बताइएको छ ।

प्रतिक्रिया