संविधानको रक्षाका लागि आन्दोलन : नेता रावल
नेपालखोज
२०७७ पुष १४ गते २०:२३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले अहिलेको विरोध संविधानको रक्षाका लागि भएको बताएका छन ।
नेकपा कैलालीले आज प्रतिनिधिसभा विघटनको विरोधमा धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले विरोध पद वा स्वार्थका लागि नभई नेपालको संविधानको रक्षाका लागि भएको बताए ।
नेता रावलले दृढ अठोटका साथ अविलचित भएर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले नेकपाको बहुमत सचिवालय, बहुमत स्थायी कमिटी रहेको जिकिर गरे । नेता रावलले भने, “केन्द्रीय कमिटी मात्र नभई सातै प्रदेशका अत्यधिक कार्यकर्ता र जनता पनि छन्, विश्वासका साथ अगाडि बढ्नुहोला ।”
सम्बन्धित








प्रतिक्रिया