चार दिनको भ्रमण पछि स्वदेश फर्कियो चिनियाँ टोली

काठमाडौं । चार दिने नेपाल भ्रमणमा आएको उच्चस्तरिय चिनियाँ टोली आज स्वदेश फर्किएको छ ।
गत आइतबार चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वमा आएको टोली चार्टड विमानमार्फत आज बुधबार विहान स्वदेश फर्केको हो ।
यस चार दिने भ्रमणमा यस टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीलाई भेटेको थियो ।
त्यसैगरी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाललाई पनि यस टोलील भेटेर छलफल गरेको थियो ।
ओली, दाहाल र नेपालसँगको भेटमा नेकपामा देखा परेको विवादलाई मिलाउने तर्फ यस टोलीले सुझाव दिएको स्रोतले जनाएको छ ।
साथै प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनालसँग पनि यस पनि यस टोलीले भेट गरेको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि निवासमै पुगेर चिनियाँ टोलीले भेटघाट गरि छलफल गरेको थियो ।
सत्तारुढ दल नेकपामा फुट आएपछि दलको एकताको सन्देश बोकेर उच्चस्तरिय चिनियाँ टोली नेपाल आएको थियो ।
यस भ्रमणलाई केहीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भएको भनेर पनि आलोचना गरेका छन् । तर चीनले भने नेपालप्रति हस्तक्षेप नभई सद्भावका लागि मात्र भ्रमण भएको जनाएको छ ।








प्रतिक्रिया