शुक्रबार, पुष ४, २०८२

चिनियाँ दूतावासअगाडि प्रदर्शन गर्ने १७ जना प्रहरी नियन्त्रणमा

नेपालखोज २०७७ पुष १५ गते १५:४०

काठमाडौं । चिनियाँ दूतावासअगाडि प्रदर्शन गर्ने १७ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। युवाहरुले चिनियाँ हस्तक्षेपको विरोधमा नारा लगाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

नेपालको चार दिने भ्रमण सकेर चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपपमन्त्री गुओ यैचो नेतृत्वको टोली स्वदेश फर्किएकै दिन युवाहरुले चिनियाँ दूतावासअगाडि प्रदर्शन गरेका थिए ।

पक्राउ पर्ने अधिकांश नेविसंघनिकट भएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया