बुधबार, वैशाख १२, २०८१

३२ वटै वडा कार्यालय मेरै कार्यकालमा बन्छन् : मेयर शाक्य

नेपालखोज २०७७ पुष १५ गते १५:५४

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरभित्रका ३२ वटै वडा कार्यालय आफ्नै कार्यकालमा बन्‍न‍े बताएका छन् । वडा ३१ को कार्यालय शिलान्यास गर्ने क्रममा उनले आज यस्तो बताएका हुन् ।

उनका अनुसार वडा कार्यालय निर्माण गर्न बजेट अपुग नरहेको बताए । ‘‘मूर्त-अमूर्त सम्पदाको बचावट निर्माण पुनर्निर्माणका लागि हाम्रो कार्यकाल राम्रो अवसर छ,’’ उनले भने, ‘‘चुनावी प्रतिबद्धताअनुसार काठमाडौं महानगरले आफ्नो केन्द्रीय भवन भने बनाउन सकेको छैन । मुद्दा हालेर रोकेपछि यो सम्भव नभएको हो ।’’

जग्गा नभएका वडामा खरिद गरेर भएपनि कार्यालय भवन निर्माणको काम अघि बढाएको मेयर शाक्यले बताए । शाक्यले भने, ‘‘हाम्रो कार्यकालमै खरिद महानगरको भवन निर्माण केही ढिला भए पनि ३२ वटै वडा कार्यालयका भवनहरु भने निर्माण हुनेछन् ।’’

प्रतिक्रिया