शुक्रबार, पुष ४, २०८२

प्रचण्डले जहिल्यै महाविपत्ति ल्याए : लेखराज भट्ट

नेपालखोज २०७७ पुष १५ गते १६:३८

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले महाविपत्ति ल्याउने गरेको बताएका छन् ।

केपी शर्मा ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा मन्त्री भट्टले यस्तो बताएका हुन् । उनले भने, “उहाँले जहिल्यै महाविपत्ति ल्याउनुहुन्छ । उहाँमा वैचारिक विचलन आएको छ । पार्टी केका लागि जुट्यो ? फुट्यो ? ।”

त्यस्तै आपूर्ति मन्त्री भट्टले प्रचण्ड-नेपाल माइतिघर मण्डलामा गएर प्रधानमन्त्रीका लागि लडिबुडी खेलिरहेको पनि बताएका छन् । “देशलाई ‘समृद्ध नेपाल र सुखी नेपाली’ दर्शनमा कसरी अगाडि बढाउने भन्ने छलफलमा व्यस्त हुनुपर्ने नेताहरू महाधिवेसनसम्म पनि पर्खिन नसकेर छट्पटिएर सडकमा पुग्नु भएको छ,” सुदूरपश्चिम प्रदेशका ओलीपक्षीय कार्यकर्ताको बबरमहलमा जारी भेलालाई सम्बोधन गर्दै मन्त्री भट्टले भने, “त्यो वैचारिक विचलन हो।”

“वरिष्ठ नेतालाई तेस्रो होइन, दोस्रो नै हुनुपर्‍यो। अनि कार्यकारीलाई अहिल्यै प्रधानमन्त्री हुनुपर्‍यो,” उनले भने, “अहिले केटाकेटीपन देखाएर माइतिघर मण्डलामा प्रधानमन्त्री चाहियो भनेर लडिबुडी खेल्दै हुनुन्छ।”

प्रतिक्रिया