प्रचण्डलाई चुनावको तयारी गर्न ओलीको आग्रह
नेपालखोज
२०७७ पुष १५ गते १६:५३

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रचण्ड-नेपाल समूहलाई निर्वाचनमा भाग लिएर केही सिट ल्याउन आग्रह गरेका छन् ।
केपी ओली समूहले बबरमहलमा आज आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन । उनले भने, “वैशाखमा पनि चुनाव हुँदैन भन्ने । अनी ओली पत्तासाफ पनि हुने । त्यसैले म भन्छु चुनावको तयारी गर्नुस् ।”
त्यस्तै ओलीले प्रचण्डलाई युद्धकालमा साथ दिएका कालीबहादुर खामहरु कता गए भन्दै प्रश्न गरेका छन् । उनले लोकेन्द्र विष्टको मनसमेत प्रचण्डले भाँचेको बताए । ओलीले भने, “प्रचण्डले लोकेन्द्रको मन भाँचे । नत्र उनले किन कालो धान, ड्रागन फुड किन रोप्थे । युद्धका लडेकाहरुको शरीरमा गोली अझै छन् । प्रचण्डलाई उनीहरुको पीडा के थाहा ?’’
सम्बन्धित








प्रतिक्रिया