शनिबार, जेठ ५, २०८१

बसन्ता प्रकृतीको “कलकल बग्ने” को भिडियो सार्वजनिक

नेपालखोज २०७७ पुष १५ गते १८:४७

काठमाडौं । गायीका बसन्ता प्रकृतीको स्वरमा रहेको राष्ट्रभावको गीत “कलकल बग्ने”को म्यूजिक भिडियो सार्वजनिक भएको छ । दिपक शर्माको शव्द तथा संगीतमा रहेको गीतको भिडियोमा सन्तोष जिविको निर्देशन रहेको छ ।

राष्ट्र र राष्ट्रियता सम्बन्धी भाव प्रकट गरिएको यस गीतको भिडियोमा रेश्मा घिमिरेलाई फिचर गरिएको छ । समिर थोकरको कोडियोग्राफी रहेको भिडियोमा चेतन घिमिरे, सभ्यता घिमिरे, छाँया दर्नाल, सासा पौडेल, रितुस्मा केसी, सन्जु गान्धारी, अनुसा शाही र आरोही गान्धारीलाई देख्न सकिन्छ ।

आमोश तामाङको संगीत संयोजन रहेको गीतको भिडियोको सम्पादन अविनाश डिसीले गरेका छन् भने छायाँकन डेनिश खनालको छ । गीतलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया