कोरोना भाइरसका कारण अमेरिकामा एकैदिन ३ हजार भन्दा बढीकाे मृत्यु

नेपालखोज २०७७ पुष १६ गते ८:४२

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणबाट एकैदिन ३ हजार ५ सय १२ जना संक्रमितको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ ।

यससँगै अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ५० हजार ४ सय १० पुगेको छ । भने अमेरिकामा एकैदिन २ लाख १७ हजार ९ सय ६६ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड २ लाख ४ सय ७ पुगेको छ । त्यस्तै अमेरिकामा १ करोड १९ लाख २ हजार ३ सय १६ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया