सुनको मूल्यमा गिरावट

नेपालखोज २०७७ पुष १६ गते १२:००

काठमाडौँ । आज बिहीबार सुनकाे मूल्यमा गिरावट आएकाे छ । आज सुन तोलामा १ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।अघिल्लो दिन प्रतितोला ९४ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

सुनसँगै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

प्रतिक्रिया