दाहाल- नेपाल समूहद्वारा शेरधन राईलाई हटाइयो, भीम आचार्य चयन

नेपालखोज २०७७ पुष १६ गते १३:०८

काठमाडौं । नेकपा दाहाल-नेपाल समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएर भीम आचार्यलाई मुख्यमन्त्रीमा चयन गरेकाे छ ।

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको दाहाल-नेपाल समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको छ ।

प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया