कोभिड-१९ कारण सात जना पत्रकारको निधन, पाँच सय १३ जना संक्रमित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण नेपालमा सात नेपाली पत्रकारको ज्यान गएको छ । नेपाल पत्रकार महांघले सन् २०२० मा प्रेस स्वतन्त्रताको अवस्था सम्वन्धी प्रतिवेदन सार्वजनिक गर्दे यस अवधिमा पाँच सय १३ जना पत्रकार कोरोना भाइरसबाट संक्रमण भइ चार सय ७० जना सक्रमण मुक्त भएको जानकारी दिएको हो ।
महासंघले सन् २०२० मा प्रेस स्वतन्त्रताको अवस्था सम्वन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । विश्व महामारीकारुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण श्रमजीवी नेपाली पत्रकारहरुले ठुलो समस्या भोग्नु परेको हो । कोरोना भाइरस संक्रमणको बाहानामा ठूला भनिएका सञ्चारगृहबाट नै पत्रकारलाई सेवाबाट बञ्चित गर्ने, नियमित सेवा सुविधा उपलब्ध नगराउने, बेतलबी बिदामा राख्ने जस्ता कार्यले श्रमजीवी पत्रकार तथा तिनमा आश्रीत परिवारले आर्थिक समस्या झेल्नुपरेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै संघीय सरकार र प्रदेश सरकारले सञ्चार सम्बन्धी कानुन निर्माण गर्दा सरोकारवालासंगको छलफल विना नै निर्माण भइरहेको छ । सरकारले संसद समक्ष पुर्याएका सार्वजनिक सेवा प्रसारण सम्वन्धी विद्येयक, सूचना प्रविधि विद्येयक, मिडिया काउन्सिल विद्येयकसहित संचार सम्वन्धी विभिन्न विद्येयकमा प्रेस स्वतन्त्रता विरोधी धेरै दफाहरु रहेका छन् ।
नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा गरिएको अभिलेख अनुसार सन् २०२० जानवरी १ देखि २०२० डिसेम्वर ३१ सम्मको यो एक बर्षको अवधिमा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटनाहरु अभिलेख गरिएको छ । गत बर्ष अर्थात सन् २०१९ मा प्रेस स्वतन्त्रता हननका ५० वटा घटना अभिलेख गरिएको थियो ।
यो एक बर्षको अवधिमा सबैभन्दा धेरै ३२ वटा घटना पत्रकारमाथि दुव्र्यवहार तथा धम्कीका रहेका छन् । त्यस्तै, ९ वटा घटना पत्रकारमाथि आक्रमणका छन् भने ५ वटा घटना पत्रकार गिरफ्तारीका छन् । यस्तै, ४ वटा घटना कब्जा तथा अवरोधका रहेका छन् भने २ वटा घटना पेशागत असुरक्षाका अभिलेख भएका छन् ।









प्रतिक्रिया