डीआईजी बढुवाका लागि ६ एसएसपी सिफारिसमा

काठमाडौं । डीआईजी बढुवाका लागि सशस्त्र प्रहरीका ६ एसएसपी सिफारिसमा परेका छन् ।
बिहीबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले रिक्त ६ डीआईजीका लागि सिफारिस गरेको हो ।
एसएसपी कमल गिरी, गणेशबहादुर ठाडामगर, अभि कुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदी डीआईजीका लागि सिफारिस भएका छन् ।
गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको तीन सदस्यीय बढुवा समितिले मंसिर २७ गतेदेखि रिक्त दरबन्दीमा बढुवा गर्न सिफारिस गरेको हो । डीआईजीहरु अनिवार्य अवकासमा गएपछि दरबन्दी रिक्त भएको थियो ।
डीआईजीहरु नगेन्द्र थापा, राजेन्द्र बस्नेत, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, हरिशचन्द्र अधिकारी र कविन्द्रमान श्रेष्ठ अवकास भएका थिए ।
बढुवा सिफारिस उपर चित्त नबुझ्नेले ७ दिन भित्रमा उजुरी सुन्ने समितिमा उजुरी दिन सक्ने बढुवा समितिका सदस्य सचिव एआईजी पुष्पराम केसीले बताए ।









प्रतिक्रिया