नेपाल निम्नमध्यम अर्थतन्त्र भएको मुलुकका रुपमा स्थापित : ओली

नेपालखोज २०७७ पुष १७ गते ९:०५

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले सन् २०२० मा नेपाललाई निम्न अर्थतन्त्रको मुलुकबाट माथि उठाएर निम्नमध्यम अर्थतन्त्रको मुलुकका रूपमा स्थापित गर्न सफल भएको दाबी गरेका छन् । नयाँ वर्ष सन् २०२१ को शुभकामना दिँदै उनले संयुक्त राष्ट्रसंघको विकास लक्ष्य अनुरूप सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गोत्थान गर्ने सफलतातर्फ उन्मूख भएको बताएका छन् ।

नेकपा अध्यक्षसमेत रहेका ओलीले समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्य तय गरी अघि बढिरहेको बताए । ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य रहेको र आगामी दिनमा हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यवहारिक रूपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामहरूलाई प्रभावकारी ढंगबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्ने प्रधानमन्त्रीको शुभकामना शंन्देशमा उल्लेख गरिएको छ ।

अर्को नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि बसालेको जग अझ देखिनेगरी थप उचाईमा पु¥याउने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।

प्रतिक्रिया