आइतबार, भदौ ३०, २०८१

जेठ १७ गतेसम्ममा सम्पत्ति विवरण सार्वजनिक गर्न जनप्रतिनिधिलाई नेकपा एसकाे निर्देशन

नेपालखोज २०७९ जेठ ११ गते १८:११

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्ना जनप्रतिनिधिलाई सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । महासचिव डा. बेदुराम भुसालले आज एक वक्तव्य जारी गर्दै जेठ १७ गतेसम्ममा सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।

उनले भनेका छन्, ‘तपाईंहरुलाई जनताले ठूलो विश्वास गरेर मत दिएका छन् । जनताको विश्वासप्रति सधैं इमान्दार रहनु होला । जनताको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्नु होला ।’

उनले निर्वाचनको बेला गरेको प्रतिबद्धता र ऐन तथा कानुनहरुको परिधिमा रहेर काम गर्न पनि जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया