शुक्रबार, पुष ४, २०८२

सशस्त्रका ६ जना एसएसपी डिआइजीमा बढुवा

नेपालखोज २०७७ पुष १७ गते ९:०९

काठमाडौं । सशस्त्र प्रहरीका ६ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयले बिहिबार ६ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरिएको मन्त्रालयको बढुवा समितिको सचिवालयले जनाएको छ ।

बढुवाका लागि सिफारिस हुनेहरुमा कमल गिरी, गणेश बहादुर ठाडा मगर, अभिकुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदी रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम १ ख बमोजिम बढुवा समितिको निर्णय अनुसार बढुवा सिफारिस गरिएको सचिवालयले जनाएको छ ।

बढुवा सिफारिस उपर चित्त नबुझ्ने सिफारिस हुनेहरुले सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने सचिवालयले जनाएको छ ।  

प्रतिक्रिया