शुक्रबार, पुष ४, २०८२

चन्द्रागिरी हिल्सको १५ करोड ३४ लाख रुपैयाँको आइपिओ पुस २४ गतेबाट

नेपालखोज २०७७ पुष १७ गते १२:१०

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले १५ करोड ३४ लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले यही पुस २४ गतेबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी १५ लाख ३४ हजार ९१ कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

बिक्री गरिने कुल सेयर मध्येमा चार प्रतिसत अर्थात ६१ हजार तीन सय ६४ कित्ता कर्मचारीहरुको लागि, पाँच प्रतिसत अर्थात ७६ हजार सात सय पाँच कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी १३ लाख ९६ हजार २२ कित्ता साधारण सेयर सर्वसाधारणको लागि छुट्याईको छ । खरिदकर्ताहरुले न्युनतम १० देखि अधिकतम १३ हजार नौ सय ६० कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन । बिक्री प्रर्वन्धक ग्लोवल आईएई क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही पुस २८ गते र ढिलोमा माघ नौ गते बन्द हुने छ ।

अधिकृत पुँजी दुई अर्ब एवं जारी पुंजी एक अर्ब ५३ करोड ४० लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुंजी एक अर्ब ३५ करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित क्षेत्रका जनता र सर्वसाधारणलाई सेयर बिक्री गरेपश्चात भने कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड ४० लाख ९९ हजार रुपैयाँ पुग्ने छ ।

प्रतिक्रिया