प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य

नेपालखोज २०७७ पुष १७ गते १२:२१

काठमाडाैं । आज शुक्रबार सुन मूल्य उकालाे लागेकाे छ । सुनकाे मूल्य प्रतितोलामा ४ सय रुपैयाँले बढेको हाे ।

आज छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । हिजाे बिहीबार सुनको मूल्यमा सामान्य गिरावट भएर प्रतितोला ९४ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

चाँदीको भाउ भने शुक्रबार स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन पनि चाँदी यसै मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया