प्रभु लाइफको २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत

नेपालखोज २०७७ पुष १७ गते १५:११

काठमाडाैं । सर्वसाधारणमा जारी गरेको आइपीओ समेत गरी प्रभु लाइफ इन्स्योरेन्सकाे २ करोड कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।

आज शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र उक्त कम्पनीविच सूचीकरण सम्झौता भएको हाे । सोहि अनुसार नेप्सेले कम्पनीको शेयर सूचीकरण गरेको छ । यस अनुसार सूचीकरण भएको दोस्रो दिन अर्थात आइतबारबाट कम्पनीको शेयर दोस्रो बजारमा खरिद बिक्री हुनेछ।

कम्पनीको शेयर दोस्रो बजारमा कारोबार गर्नको लागि पिएलआई ट्रेडिङ कोड पाएको छ । भने पहिलो कारोबारको लागि १सय ९ रुपैयाँ ५६ पैसादेखि ३ सय २८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको छ। यहि रेञ्जमा आधारित रहेर आइतबार इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया