राजतन्त्र पुनःस्थापनाका लागि मर्न र मार्न तयार छाैं : कमल थापा

नेपालखोज २०७७ पुष १७ गते १५:५८

काठमाडाैं । हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनासहितका माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट निकालिएको जुलुस भद्रकाली, सहिदगेट, महाँकाल हुँदै रत्नपार्कमा पुगेर काेण सभामा परिणत भएको थियो ।

जुलुसमा राप्रपाका अध्यक्षहरू पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापासहित नेता कार्यकर्ताको बाक्लै उपस्थिति रहेको थियो । विरोध प्रदर्शनपछि आयोजित सभालाइ सम्बोधन गर्दै अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना राप्रपाको मात्र एजेण्डा नभएको बताए । उनले भने, ‘हामी यो देश बचाउन, प्रजातन्त्र र राष्ट्रियतालाई बलियो बनाउन र आर्थिक समृद्धिका लागि आवश्यक परेकाे खण्डमा मर्न र मार्न समेत तयार भएर सडकमा आएका छौं ।’

राप्रपा नेता मोहन श्रेष्ठले पार्टीले हिन्दुराष्ट्र र राजतन्त्रको पुनःस्थापनासहित भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्यालगायतका विषयको समाधान गर्न सरकारलाई जानकारी गराए ।

प्रतिक्रिया