नेकपा दाहाल-नेपाल समूहले दोस्रो चरणको कार्यक्रम घोषणा गर्दै

नेपालखोज २०७७ पुष १८ गते ८:१६

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (प्रचण्ड-नेपाल) समूहले आज दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्दैै छ ।

यसअघि मंगलबार काठमाडौंसहित देशभर विरोध प्रदर्शन गरेको प्रचण्ड-नेपाल पक्षले अब दोस्रो चरणमा जनपरिचालन अभियान सञ्चालन गरिने बताएको छ।

संयुक्त रूपमा संघर्षका कार्यक्रम गर्ने विषयमा बुधबार अन्य दलसँग गरिएको छलफलमा तत्काल सहमति नबनेपछि नेकपा प्रचण्ड-नेपाल समूह एक्लैले आज प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमविरुद्ध दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्ने भएको हो ।

त्यसका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा यसअघि नै गठित संघर्ष समितिको बैठक बसी दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी छ।

कार्यक्रम तल्लो वडा तहदेखि केन्द्रसम्म जनपरिचालन गर्ने तयारी नेकपाले गरेको छ।

प्रतिक्रिया