ओली समूहको ‘बृहत् कार्यकर्ता भेला’ शुरु

नेपालखोज २०७७ पुष १८ गते १३:५६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी केपी ओली समूहको ‘बृहत् कार्यकर्ता’ भेला काठमाडौंमा शुरु भएको छ ।

काठमाडौं जिल्ला कमिटीले दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान (कमलादी) मा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, नेताहरू रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने ओली समूहले जनाएको छ ।

यसअघि बुधबार पनि ओली समूहले काठमाडौंमा सुदूरपश्चिमस्तरीय कार्यकर्ताको भेला गरेको थियो ।

प्रतिक्रिया