प्रभु साहको गाडीले पैदलयात्रीलाई ठक्कर दिएर फरार
नेपालखोज
२०७७ पुष १८ गते १५:४५

सर्लाही । शहरी विकासमन्त्री प्रभु साह चढेको ना १ झ ३८४२ नम्बरको गाडीले पैदलयात्रीलाई ठक्कर दिएर भागेको खुलेको छ ।
सर्लाहीको हरिवनमा मन्त्री साहको गाडीको ठक्करबाट लालबन्दी नगरपालिका-८ चन्द्रपुर घर भएका ३५ वर्षका बच्चु तामाङ घाइते भएका छन् । कम्मर र खुट्टामा चोट लागेका उनको स्थानीय स्वाभिमान अस्पतालमा उपचार भैरहेको छ ।
ठक्कर दिएर भागेको गाडी मन्त्री साहकै रहेको पुष्टि भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया