कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपालखोज २०७७ पुष १९ गते ८:३९

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएकाे छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेकाे हाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि छलफल गर्न गत पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय कार्यसमिति बैठक पुस १० मा स्थगित गरिएको थियो।

कांग्रेसले प्रधानमन्त्रीको उक्त कदमबारे देशकाे विभिन्न क्षेत्रबाट गत पुस १३ गते विरोध गरेको थियो।

पुस १६ मा मेलमिलाप दिवस मनाएको कांग्रेसले स्थगित केन्द्रीय समिति बैठक आज आइतबारदेखि पुन: सुरू गर्न लागेको हो।

प्रतिक्रिया