आज पनि कार्यकर्तालाई सम्बोधन गर्दै ओली

नेपालखोज २०७७ पुष १९ गते ११:३३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका ओलीले अनेरास्ववीयूले आयोजना गरेको भेलालाई सम्बोधन गर्ने भएका हुन् ।

ओली समूह पक्षधर अनेरास्ववीयूले आज दिउँसो भेलाको आयोजना गर्दैछ । भेलामा ओलीसहित नेकपाका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रम कार्की ब्याङकेटमा १२ बजे शुरु हुनेछ ।

प्रतिनिधिसभा विघटनपछि ओलीको सक्रियता बढ्दै गएको छ । यसअघि ओलीले शनिबार काठमाडौँ जिल्लास्तरीय आफ्ना समूहका कार्यकर्तालाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया