केपी ओलीको समर्थनमा अनेरास्ववियूको शक्ति प्रदर्शन
नेपालखोज
२०७७ पुष १९ गते १३:५६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा नेकपा ओली समूहका कार्यकर्ताले काठमाडौँमा शक्ति प्रदर्शन गरेका छन् ।
आइतबार दिउँसो पार्टीको विद्यार्थी संघठन अनेरास्ववियूको आयोजनामा प्रदर्शन गरिएको हो ।
बबरमहलको कार्की व्याङकेटमा कार्यकर्ता भेला सुरु हुनुअघि युवाहरुले मोटरसाइकल र्याली निकालेर शक्ति प्रदर्शन गरेका हुन् । उक्त भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
भेलामा ओलीसहित समूहका अन्य उच्च नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया