प्रचण्ड पत्नी सीता दाहाललाई उपचारका लागि भोलि दिल्ली लगिने

नेपालखोज २०७७ पुष १९ गते १८:२७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई थप उपचारका लागि दिल्ली लगिने भएको छ ।

सोमबार सीता दाहाललाई उपचारका लागि दिल्ली लैजाने तयारी गरिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

उनका अनुसार सीताले अध्यक्ष दाहाल पनि सँगै जान जोड गरेकी छन् । सीता दाहाल लामो समयदेखि बिरामी छन् । केही दिनअघि ललितपुरको मेडिसिटी अस्पतालमा उनको उपचार गरिएको थियो ।

प्रतिक्रिया