बिहीबार, वैशाख १३, २०८१

बले र अनुको ‘कस्तो लाग्यो तिमीलाई’ सार्वजनिक

नेपालखोज २०७७ पुष २० गते १२:०१

काठमाडौं । ‘तिनपाते’ शिर्षकको म्युजिक भिडियो बाट चर्चा कमाउन सफल कलाकार अनु काफ्ले र कलाकार सागर लम्साल (बले) अभिनित ‘कस्तो लाग्यो तिमीलाई’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा स्वर,शब्द र संगीत अमेरिकामा बसेर गीत संगीतमा सक्रिय गायक लोक पौडेलको रहेको छ । यस गीतलाई रुपम सिंह गुरुङले संगीत संयोजन गरेका हुन् । नवविवाहित दम्पतिको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा श्रीमानले श्रीमती प्रति आभार र प्रेम प्रकट गरेका छन् ।

बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । कलाकार तथा निर्देशक राज खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।

भिडियो हेर्नुहोसः

प्रतिक्रिया