शुक्रबार, वैशाख ७, २०८१

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठ अर्ब रुपैयाँको साधारण सेयर माघ दुई गतेबाट

नेपालखोज २०७७ पुष २१ गते ११:१९

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले यही माघ दुई गतेबाट साधारण सेयरको बिक्री खुल्ला गर्ने भएको छ । बैकले नेपालको पूँजीबजारको इतिहासमै सबै भन्दा ठूलोे आठ अर्ब रुपैयाँ बराबरको सार्वजनिक निष्काशन यहि आउदो माघ दुई गते देखि माघ छ गतेसम्म बिक्री गर्न लागेको हो ।

सेयर निष्काशनका लागि यस अघि नै निष्काशन कम्पनी नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आफ्नो बिक्री प्रबन्धक नियुक्त गरेकोले यो निष्काशन सम्बन्धी सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत हुुने छ । जम्मा २० अर्व चुक्ता पूंजी रहेको बैंकको १२ अर्व संस्थापकहरुबाट चुक्ता भैसकेको छ भने बांकी रकम यस निष्काशनबाट चुक्ता हुनेछ ।

हाल पुँजीबजारको अवस्थालाई अध्ययनगर्दा यो सार्वजनिक निष्काशनका लागि आवेदन दिने सबै आवेदकहरुको हात खालि नहुने अनुमान गरिएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड को स्थापना बैंक तथा वित्तिय संस्था जीवन तथा गैरजीवन बीमा कम्पनी, उद्यमीहरु तथा अन्य निजी क्षेत्रका अग्रणी संस्थाका समूह, तथा नेपाल सरकारको संयुक्त सहभागितामा भएको हो ।

प्रतिक्रिया