सोमबार, मंसिर १७, २०८१

तेस्रो चरणको अन्तिम कार्यक्रमअन्तर्गत कांग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गर्दै

नेपालखोज २०७७ फागुन ३ गते ९:१९

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आज (सोमबार) नेपाली कांग्रेसले देशव्यापि विरोध प्रदर्शन गर्दैछ ।

तेस्रो चरणको अन्तिम कार्यक्रमअन्तर्गत कांग्रेसले आज देशका ७७ वर्ट जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो ।

यसअघि संसद् विघटनविरुद्ध पार्टीले गत पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गते विभिन्न चरणमा प्रदर्शन सम्पन्न गरिसकेको छ ।

सभापति शेरबहादुर देउवाले पार्टीका ७७ जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरिने विरोध प्रदर्शनमा सहभागिताका लागि सबैमा आग्रह गरेका छन् ।

आइतबार विज्ञप्ति जारी गरी सभापति देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस एकमतका साथ आन्दोलनमा रहेको स्पष्ट पारेका छन् । साथै पार्टीका सबै तहका सदस्यसँगै समस्त लोकतन्त्रवादी सोमबारको प्रदर्शनमा सहभागी भएर ऐक्यबद्धता प्रकट गर्न अनुरोध गरेका हुन् ।

प्रतिक्रिया