कोटेश्वरमा करिब १४ लाख बराबरको सुनका गहना चोरी
नेपालखोज
२०७७ पुष २१ गते १४:४०
काठमाडौं । काठमाडौं महानगरपालिका(३२ कोटेश्वर शुभकामनाचोकमा डेरा गरी बस्ने एकजनाको करिब १३ लाख ९५ हजार बराबरको सुनका गहनाहरू चोरी भएको छ ।
चितवन रत्ननगर नगरपालिका(२ घर भएका निर्मल पाठकको कोठाबाट उक्त परिमाणको सुनका गहना आइतबार साँझ चोरी भएको हो ।
चोरीमा संलग्नहरूको पहिचान खुलेको छैन । प्रहरीले चोरीका घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया