शनिबार, वैशाख ८, २०८१

हलिउडकी ‘हरर स्टार’ बारबरा सेलीको मृत्यु

नेपालखोज २०७७ पुष २१ गते १६:५७

हलिउड अभिनेतृ बारबरा सेलीको मृत्यु भएको छ । हरर जेनरामा ‘आइकन’ नै मानिने उनको ८८ वर्षको उमेरमा निधन भएको हो ।

गएको डिसेम्बरमा उनमा कोभिड १९ देखिएको थियो । जसलाई उनले सहजै पार पनि लगाएकी थिइन् । उनका एजेन्ट थोमस बोइङटनले उनको मृत्युको पुष्टि गर्दै भने, ‘उहाँको मृत्यु कोरोना भाइरसका कारण भएको होइन ।’

सन् १९५० को दशकमा उनी ‘टेक्निकलर क्विन अफ ह्यामर’का रुपमा परिचित थिइन् । ह्यामर फिल्म प्रोडक्सनका सफल हरर मुभीमा उनको लिड रोल हुने गर्थ्यो । 

सन् १९६४ को ‘द गोर्गन’, सन् १९५८ को ‘ड्राकुला’, सन् १९८७ को ‘प्रिन्स अफ डार्कनेस’ र १९६६ को ‘रास्पुतनिक: दी म्याड मङ्क’ लगायतका फिल्मका कारण पनि उनलाई चिनिन्छ । 

फिल्मका साथै अमेरिकन टेलिभिजनमा उनको ग्यामरस उपस्थिति पनि चर्चित थियो । द सैन्ट, द एभेन्जर्स, द बोर्गिस, ब्लेक्स सेभेन र क्राउन कोर्ट जस्ता टेलिभिजन सोहरुमा उनलाई देख्न सकिन्थ्यो । 

प्रतिक्रिया