शनिबार, वैशाख १५, २०८१

विद्या वालन अभिनित ‘शकुन्तला देवी’ अनलाइनमा रिलिज हुँदै

नेपालखोज २०७७ जेठ २ गते १७:२७

मीरा,
काठमाडौं । विश्वका विभिन्न देशहरुमा हेरिने फिल्महरुमध्येको बलिउड फिल्म पनि एक हो । बलिउड फिल्म विश्कका विभिन्न ठुला देशहरुमा पनि रिलिज भएको देखिन्छ । विभिन्न देशहरुमा उसको बलियो पकड देखिन्छ ।

यतिबेला विश्व नै कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको अवस्थामा अन्य काम जस्तै चलचित्र क्षेत्रका सम्पूर्ण कार्यहरु पूर्णरुपमै ठप्प छन् । जसले गर्दा चलचित्र क्षेत्रमा आवद्ध नायक नायिकादेखि लिएर सबै यतिबेला काम बिहिन अथवा फाल्तु जस्तै भएका छन् ।

यतिबेला विश्वका विभिन्न मुलुकहरुले कोरोनो भाइसर (कोभिड–१९) को जोखिम कम गर्नका लािग आ–आफ्नो देशहरुमा लक डाउन जारी राखेका छन् । यस अवस्थामा कलाकर्मीहरु आफ्ना दर्शक तथा स्रोताहरुलाई मनोरञ्जन दिनका लागि विभिन्न सामाजिक सञ्जालमार्फत विभिन्न क्रियाकलाप गरिराखेको तपाई हामीले देख्न सक्छौ ।

यसैविचमा दर्शकहरुको मनोरञ्जनका लागि विभिन्न फिल्महरु अनलाइनमार्फत रिलिज गर्ने होडबाजी चलेको देखिन्छ ।
बलिउड फिल्म ‘डर्टिपिक्चर’बाट निकै चर्चा बटुल्न सफल भएकी बलिउड नायिका हुन विद्या वालन । बलिउडमा उनलाई हर्ट नायिकाका रुपमा पनि चिनिन्छ । बलिउडका गन्यमान्य नायिका मध्य पर्छिन विद्या वालन पनि ।

विद्या वालनद्वारा अभिनित फिल्म ‘गुलाबो सिताबो’ पछि अब ‘शकुन्तला देवी’ पनि अनलाइन रिलिज हुने भएको छ । चलचित्रको वर्ल्ड प्रिमियर अनलाइन प्लेटफर्म अमेजनमा हुने भएको छ ।

अभिनेत्री बालनले ट्विटरमार्फत् खुसीको खबर सेयर गर्दै भनेकी छन ‘आफ्ना प्रिय व्यक्तिहरूसँगै बसेर तपाईंहरूले चाँडै नै ‘शकुन्तला देवी’ अमेजनमा हेर्न पाउनुहुन्छ भन्ने घोषणा गर्न पाउँदा म निकै उत्साहित छु । यो विषम परिस्थितिमा तपाईंलाई केही मनोरञ्जन दिन पाउँदै छौँं ।’

‘शकुन्तला देवी’ एक गणितीय जादुयी शक्ति भएकी शकुन्तला देवीको बायोपिकमा आधारित चलचित्र हो । शुकन्तला देवी जसलाई “मानव कम्प्युटर” नामबाट पनि परिचित छिन् ।

प्रतिक्रिया