हाम्रो पहिलो प्राथमिकता किसानलाई समयमै मल उपलब्ध गराउनु हो : मन्त्री अर्याल

नेपालखोज २०७७ पुष २१ गते १७:५९

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पहिलो प्राथमिकता किसानलाई समयमै मल उपलब्ध गराउनु पर्ने बताएकी छन् । मन्त्रालय अन्तर्गत संस्थान, वोर्ड, समिति तथा परियोजनाहरुको गतिविधिका बारेमा जानकारी लिने क्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुुन् ।

यो वा त्यो कारण देखाएर कोहीपनि जिम्मेवारीबाट मुक्त हुन नसक्ने भन्दै उनले किसानका समस्या समयमै समाधान हुनेगरी कार्ययोजना बनाएर अगाडी बढ्न कर्मचारीहरुलाई निर्देशन दिएकी छन् । अबको सिजनका निम्ती किसानलाई समयमै मल उपलब्ध गराउन अहिलेदखि नै योजना बनाएर लाग्न समेत मन्त्री अर्यालले निर्देशन दिईन् ।

अहिले नै काम नगरेमा भोली समयमा किसानले मल पाउन नसकेमा मन्त्रालयअन्तर्गतका अन्य जतिपनि प्रगती देखिएपनि त्यसले सही मानेमा प्रगती नठहर्ने समेत उनले बताईन् । आज गयो भोली गयो समय गइरहन्छ । ठ्याक्कै सिजन आइसकेकोपछि रुवाबासी शुरु हुन्छ’, मन्त्री अर्यालले भनिन,‘ किसानलाई मल दिन सकिएन भने, तपाई हामीले जति दुख गरेपनि, जति प्रगती गरेपनि देखिदैन् । त्यसकारण समयमा मल किसानलाई पु¥याउने सन्दर्भमा गम्भीर भएर काम गर्नुस् ।’

विगतका कार्यबाट शिक्षा लिँदै भोलीका दिनमा धोका नपाउनेगरी कार्ययोजना बनाएरु अगाडी बढ्न उनले निर्देशन दिईन । ‘दिर्घकालिन रुपमा समस्याको समाधान हुनेगरी अगाडी बढौं । दिर्घकालिन समाधानको खाका के हो ?’, मन्त्री अर्यालले भनिन, ‘तपाईहरु भुक्तभोगीहरुले अलिकती मेहनतपूर्वक कार्ययोजना बनाउनुस । योजना बनाएर अहिले देखि नै अगाडी बढौ ।’

मलको आपुर्ती र वितरणको समस्याको समाधान दिर्घकालिन हिसाबले सोच्नुपर्ने उनको भनाई थियो । सातवटै प्रदेशमा मलको भण्डार स्थापना गर्नेगरी आफु अगाडी बढेको भन्दै उनले भण्डारण गर्ने संरचना बनाए पनि मल उपलब्ध नभएर भण्डार खाली हुनसक्ने कुराको अन्त्य गर्नुपर्ने समेत बताईन् । उनले भनिन, ‘हाम्रो भण्डार खाली हुने कुरा राम्रो होइन । हामीले संरचना खोजेको होइन मल खोजेको हो । त्यसैले मल ल्याउने कुरामा प्रश्न पनि नउठ्ने, बिवादित नहुने गरी ल्याउनु पर्‍यो।’

विवादरहित ढंगले काम गर्न कर्मचारीलाई निर्देशन दिँदै उनले त्यही ढंगले मलको आपुर्ती गर्न समेत आग्रह गरिन । उनले विशेष तथा सफल कार्ययोजना बनाएर अगाडी बढ्न समेत आग्रह गरेकी छन् । उनले भनिन, ‘सफल कार्ययोजना बनाएर अगाडी बढ्नुस । यो औपचारिकताका निम्ती हुदै होइन । जिम्मेवारी पुरा गर्ने हो ।’

आज नेपाल पशुचिकित्सा परिषद्, कृषि सामग्री कम्पनी लिमिटेड, दुग्ध विकास संस्थान तथा कपास विकास समिति, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि क्षेत्र विस्तार आयोजना, लाइस्टक सेक्टर इनोभेसन आयोजना, खाद्य तथा पोषण व्यवस्थापन आयोजना रानीजमरा कुलेरिया सिंचाइ आयोजना र समुदायमा आधारित सिंचाइ आयोजना (सिएमआएसपी)ले आ–आफ्नो गतिविधीहरु प्रस्तुत गरिएका थिए ।

प्रतिक्रिया