प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजबाट सुनुवाइ

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजबाट निरन्तर सुनुवाइ हुँदैछ । ती रिट निवेदकहरुको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।
प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयविरुद्ध १३ वटा रिट निवेदन परेका छन्।
तर संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात्रै बस्ने भएकाले अन्तरिम आदेश आउन समय लाग्ने देखिएको छ।
यही पुस १० गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको संवैधानिक इजलासले संविधान विघटनविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ गर्ने आदेश दिएको थियो।
पुस १० गते प्रधानन्यायाधीश चोलेन्द्रशमेशेर राणासहितको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ दिन आदेश दिएको थियो। सर्वोच्च अदालतको आदेशअनुसार यसअघि राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेस गरिसकेका छन्।

प्रतिक्रिया