केपी ओली क्यान्सर भएको भट्टराईको टिप्पणी

नेपालखोज २०७७ पुष २२ गते १५:४१

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले प्रधाननमन्त्री केपी शर्मा ओली क्यान्सर भएको टिप्पणी गरेका छन् । उनले संयुक्त संघर्ष गर्न नेकपाका नेताहरुमै आशंका रहेकाले हुन नसकेको पनि बताए ।

‘केपी ओलीले न्याक्दा त विरुद्धमा लाग्नुभा छ । फेरि पनि केपी ओलीलाई नै बोकेर सँगसँगै जानु भए त हामी कलाकार बन्छौं कि भन्ने डर छ । केपी ओली त क्यान्सर हुन् । त्यो क्यान्सर पालेर राख्नुभयो भने तपाईंहरुलाई त खान्छ खान्छ । हामीहरुलाई पनि खाने खतरा रहन्छ । संयुक्त संघर्ष गर्न तपाईंहरु स्पष्ट हुनुस्,’’ उनले भने ।

नेकपाले आयोजना गरेको राजनीतिक दलहरुसँगको अन्तर्क्रियामा उनले चुनाव नहुने ठोकुवा पनि गरे । ‘चुनाव भए पो चुनाव लड्नुहुन्छ । लेखेर राख्नुस् चुनाव हुँदैन् । नेपाली कांग्रेसका साथीहरु भ्रममा नपर्नुस्। हाम्रो पार्टी भ्रममा छैन,’’ भट्टराईले भने । राजनीतिलाई ट्रायकमा ल्याउन सफल संयुक्त आन्दोलन गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया