बेलायतमा काेराेना भाइरस तिब्र रूपमा फैलियाे, एकै दिन १ हजार भन्दा बढीकाे मृत्यु

नेपालखोज २०७७ पुष २३ गते ८:४३
फाेटाेः बिबिसी

एजेसी । कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि बेलायतमा फेरि लकडाउन गरिएकाे छ । कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि बेलायतमा हिजाे (बुधवार) हालसम्म कै धेरै संक्रमितको मृत्यु भएको छ।

बीबीसीका बुधवार १ हजार ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोभिड १९ को ‘न्यू भेरियन्ट’ देखिएपछि ‘मास टेस्टिङ’ सुरु गरिएको थियो। त्यसपछि एकैदिन ६२ हजार ३ सय २२ जनामा संक्रमण पुष्टि भएको थियो।

गत वर्ष अप्रिल १२ सम्ममा देखिएको संक्रमणको गति भन्दा अहिलेको अवस्था चिन्ताजनक रहेको बताइएको छ। गत वर्षभन्दा हाल ३९ प्रतिशत बढी संक्रमितहरु पहिचान भएका छन्। गएको सात दिनमा मृत्यु हुनेको संख्या पनि ३७ प्रतिशतले बढेको छ।

संक्रमण रोष विशेषज्ञ एन्ड्रिउ हेवार्डले संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्।

प्रतिक्रिया