बिहीबार, चैत १५, २०८०

गायक शिव परियारको स्वरमा नयाँ गीत सार्वजनिक

नेपालखोज २०७७ पुष २३ गते ११:२५

काठमाडौं । गायक शिव परियारको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो याद भुलाउन’बोलको गीतको भिडियोमा सञ्चारकर्मी नरेश भट्टराई र टेलिभिजनकर्मी तथा मोडल साक्षी लम्साल फिचर्ड छन् । गीतमा उमेश रेग्मीको शब्द तथा संगीत, महाराज थापाको संगीत संयोजन छ ।

युवराज वाइवाले निर्देशन गरेको भिडियोमा प्रेमिकाले छाडेपछि उसको याद भुलाउन एउटा प्रेमीले मदिराको सहारा लिएको देखाईएको छ । याद भुलाउन मदिराको सहारा लिँदा प्रेमीले आफूलाई अझ विगारिरहेको सन्देश भिडियोमा ब्यक्त गरिएको छ । गीतबारे गायक शिव परियार भन्छन्, ‘यसलाई राम्रो आधुनिक गीतका रुपमा चित्रण गर्न चाहन्छु । गीतले नशा पिएर रमाईलो गर्ने भन्दा पनि नशा पिएर म खराव भएँ भन्ने म्यासेज दिन्छ । पक्कै स्रोता–दर्शकले मन पराउनुहुनेछ ।’

लामो समयदेखि संचारकर्ममा सक्रिय नरेश भट्टराई पछिल्लो समय लगातार म्युजिक भिडियोमा ब्यस्त हुन थालेका छन् । यो भिडियोबाट दर्शकको माया पाउनेमा उनी विश्वस्त छन् । यसअघि आधा दर्जनबढी भिडियोमा अभिनय गरेकी मोडल साक्षी लम्सालले आफ्नो कामलाई दर्शकले रुचाउनेमा आशावादी सुनिईन् ।

लामो समयदेखि अमेरिका बस्दै आएका उमेश रेग्मीको शब्द तथा संगीतमा अहिलेका धेरै चलेका गायक–गायिकाले गीत गाईसकेका छन् । अमेरिकामा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय रेग्मीको ‘बाबाको दुई पैसे जागिर, मेरो याद तिमीलाई आउँछ आउँदैन’, ‘मैले गर्ने मायामा’, ‘प्रिय तिम्रो तस्विर’, ‘छोरी’ लगायत गीत चर्चित छन् ।

सुनसरी इनरुवा निवासी रेग्मी लामो समय धरानमा संघर्ष गरेर अमेरिका पुगेका हुन्। रेग्मीले आफ्नो जन्म स्थलको सम्झनामा सुनसरी इनरुवालाई समेटेर गीत बनाई रहेका छन्,उक्त गीत छिट्टै सार्वजनिक गरिने उनले बताए ।

निसल पौडेलले छायाँकन गरेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन् । गीतको भिडियो गोत्र इन्टरटेन्टमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहाेस:

https://www.youtube.com/watch?v=oloDLBqJUxQ

प्रतिक्रिया