प्रतिताेला १ हजार ३ सयले घट्यो सुनको मूल्य

नेपालखोज २०७७ पुष २३ गते १२:५८

काठमाडाैं । स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला रु १ हजार ३ सयले ओरालो लागेको छ । पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु ९५ हजार ४ सयमा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ । यो बुधबारका तुलनामा रु १ हजार ३ सयले कम हो । छापावाला सुन बुधबार प्रतितोला रु ९६ हजार ७०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला रु ९४ हजार ९ सयमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोही सुन बुधबार तोलामा रु ९६ हजार २ सयमा कारोवार भएको थियो । तेजाबी सुन बुधबारका तुलनामा आज तोलामा नै रु १ हजार ३ सयले घटेको छ । यस्तै चाँदी भने तोलामा रु १० ले मात्रै ओरालो लागेको छ । प्रतितोला रु एक हजार ३४० मा बुधबार कारोवार भएको चाँदी आज भने एक हजार ३३० मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया