ट्रम्प समर्थकले संसद भवन कब्जा जमाएपछि हिंसा मच्चियाे, ४ जनाकाे मृत्यु

एजेन्सी । अमेरिकाको राष्ट्रपतिको जिम्मेवारी डोनाल्ड ट्रम्पबाट जोय वाइडेनले सम्हाल्नुभन्दा केही दिन अघि हिंसा मच्चिएको छ । ट्रम्पका समर्थकहरुले संसद भवन युएस क्यापिटोलमा कब्जा जमाएपछि हिंसा मच्चिएको हो ।
हतियारधारी ट्रम्पका समर्थकहरू संसद भवनमा जबर्जस्ती प्रवेश र तोडफोडको घटनापछि मृत्यु हुनेको संख्या ४ पुगेको छ । प्रहरीको गोली प्रहारबाट एकजना महिलाको मृत्यु भएको थियो भने अन्य तीनजनाको मेडिकल आपत्कालीन अवस्था कारण मृत्यु भएको प्रहरीले जनाएको छ।
अहिले वाशिङ्टन डीसीमा कर्फ्यु आदेश जारी गरिएको छ । हालसम्म कम्तिमा पनि ५२ प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको र ती मध्ये ४७ जना कर्फ्यू उल्लंन गर्नेहरू रहेको बताइएको छ ।
निर्वाचनमा धाँधली भएको भन्दै आक्रोशित राष्ट्रपति ट्रम्पका समर्थकहरूको उग्र र हिंसात्मक भिडले संसद भवनमा जबर्जस्ती प्रवेश गरेपछि संसदीय प्रक्रिया नै अवरूद्ध भएको थियो। सांसदहरू गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनले हासिल गरेको विजयी परिणामलाई प्रमाणीकरण गर्ने प्रक्रियामा सहभागी भइरहेका छन्।
राष्ट्रपति ट्रम्पले आफ्ना उग्र समर्थकहरूलाई घर फर्कन आह्वान गरेका छन् ।

प्रतिक्रिया