वैदेशिक रोजगारमा जाँदा मेनपावरको बैंक खातामा रकम जम्मा गर्न अनुरोध

नेपालखोज २०७७ पुष २३ गते १८:५२

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारमा जान छनोट भएका व्यक्तिलाई आफू जान लागेको कामको लागि तिर्नुपर्ने रकम सम्वन्धित मेनपावर कम्पनीको बैंक खातामा मात्र जम्मा गर्न अनुरोध गरेको छ । आफूले बुझाएको रकमकोे भौचरसमेत आफैंसँग सुरक्षित राख्न विभागको अनुरोध छ ।

मेनपावर कम्पनीहरुलाई पनि श्रमिकबाट लिने प्रवद्र्धन खर्चलगायत रकम संस्थाको बैंक खातामार्फत मात्र लिन पनि विभागले सूचना जारी गरेको छ । विभागले वैदेशिक रोजगारमा जान लागेका व्यक्तिलाई अन्तर्वार्तामा छनौट भएपछि मात्र सम्वन्धित मेनपावर कम्पनीलाई सक्कल राहदानी लगायत आवश्यक कागजात बुझाउन र त्यस्ता कागजातहरुको प्रतिलिपि वा स्क्यान कपी सुरक्षित राख्न आग्रह गरेको छ ।

विभागले जारी गरेको सूचनामा इजाजत नलिएका अन्य कसैको प्रलोभनमा नपर्न तथा कसैले कुनै मेनपावर कम्पनीमा आवद्द छु भनेमा वैदेशिक रोजगार विभागको वेभसाइटमा गएर त्यसको आधिकारिकता जाँँच्न वा सम्वन्धित मेनपावर कम्पनीमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया