बुटवलमा प्रधानमन्त्री ओलीको पुत्ला दहन
नेपालखोज
२०७७ पुष २३ गते १९:०४

बुटवल । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षका विद्यार्थीहरुले आज साँझ बुटवलमा प्रधानमन्त्री केपी शर्माको पुत्ला दहन गरेका छन् ।
बुटवलको ट्राफिकचोकमा प्रधानमन्त्री ओलीको कदम विरुद्ध चर्को नारा लगाउदै विद्यार्र्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।
प्रचण्ड–माधव पक्षको विद्यार्थी संगठनका केन्द्रीय सदस्य अनुप पाखरेलले प्रधानमन्त्रीको कदम नसच्चिएमा सडक आन्दोलनलाई अझै कडा पार्ने चेतावनी दिए ।
सम्बन्धित

प्रतिक्रिया