बजारमा यति कार्पेटको उत्पादन एवम् बिक्री शुरु

नेपालखोज २०७७ पुष २३ गते १९:२८

काठमाडौं । केडिया अर्गनाइजेशनको उत्कृष्ट उत्पादन यति कार्पेट विभिन्न आकर्षक रङ्ग तथा नेपालकै पहिलो र उत्कृष्ट कार्पेट यति कार्पेटले आफनो उत्पादन बजारमा ल्याएको छ । आम नेपालीहरुको घर घरमा एउटा संस्कृति भइसकेको यति कार्पेटको नेपालमा आफनो उत्पादनको ३० बर्षको इतिहास कायम गरेको छ ।

विभिन्न आर्कषक डिजाइन तथा रङ्गहरुमा बजारमा उपलब्ध यति कार्पेटले आफनो उत्पादनलाई बिगतको भन्दा ३ गुणा बढाएको छ । बिश्वको उत्कृष्ट जर्मन प्रबिधिबाट उत्पादन गरिने यति कार्पेट अझै धेरै गुणस्तर युक्त रहेको छ । यति फलोरिङ्ग नेपालकै सबैभन्दा ठुलो कार्पेट उत्पादक कम्पनी हो ।

जसबाट उत्पादित कार्पेटले हरेक नेपालीको मन जित्न सफल भएको छ । यतिको रिव्स जसले हर घरको शोभा बढाउदछ र घरलाई सुन्दर र सफा बनाउदछ यही नै यति कार्पेटको अमुल्य पहिचान भएको केडिया अर्गनाइजेशनका अध्यक्ष अनिल केडियाले बताए ।

प्रतिक्रिया