प्रधानमन्त्री ओली आज धनगढी जादैँ
नेपालखोज
२०७७ पुष २४ गते ८:१५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जाने भएका छन् । ओली समूहको नेकपा सुदूरपश्चिम प्रदेशले आज धनगढीमा विशाल जनसभा गर्दैछ । उक्त सभालाई सम्बोधन गर्न प्रधानमन्त्रीओली धनगढी जान लाग्नेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार पार्टी विभाजन पछि पहिलो पटक ओली राजधानी बाहिर जान लाग्नु हुन् । यसअघि राजधानीमा भएको विभिन्न कार्याकर्ता भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नु भएको थियो ।
बुधबार सुदूरपश्चिम प्रदेश कमिटिले कमिटि विस्तार गर्दै आज सभा गर्ने निर्णय गरेको हाे ।
सम्बन्धित

प्रतिक्रिया