कोरोना संक्रमण बढेपछि जापानको टोकियोमा संकटकाल लागू
नेपालखोज
२०७७ पुष २४ गते ८:४६

एजेन्सी । पछिल्ला दिनहरुमा जापानमा पनि कोरोना संक्रमण बढ्न थालेकाे छ । कोरोना संक्रमण बढेपछि त्यहाँका प्रधानमन्त्री योशिहेडे सुगाले राजधानी टोकियो र त्यस आसपासका क्षेत्रमा संकटकाल लगाउने घोषणा गरेका छन्।
आज शुक्रवारबाट लागू हुने गरी जारी गरेको संकटकाल एक महिनासम्म अर्थात फेब्रुअरी ७ सम्म जारी रहने जनाइएको छ।
कोभिड-१९ रोकथामका लागि यो अतिआवश्यक भएको बताइएको छ। सरकारी अधिकारीहरुलाईसमेत घरबाटै काम गर्ने वातावरण बनाउन राति ७ बजेपछि रक्सीजस्ता पेय पदार्थ नबेच्न रेस्टुरेन्टहरुलाई भनेको छ। बिहीवारमात्र टोकियोमा २ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
सम्बन्धित

प्रतिक्रिया