अब पाइलट र एयरहोस्टेसले विमान उडाउनेक्रममा फोटो तथा भिडियो खिच्न नपाउने

नेपालखोज २०७७ पुष २४ गते १४:४८

काठमाडौं । जहाज चालकदलका सदस्य तथा एयर होस्टेसलगायत क्याबिन क्रु मेम्बरले फोटो तथा भिडियो खिच्न नपाउने भएका छन् । उनीहरुले फोटो खिच्न चाहे नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमति लिनुपर्ने छ ।

प्राधिकरणले नेपाली सबै वायुसेवा कम्पनीका चालकदलका सदस्य तथा जम्प सिट अकुपेन्ट ९एयरहोस्टेसलगायत अरु उड्डयनकर्मी०ले उडानका क्रममा फोटो र भिडियो खिच्न नपाउने गरी नयाँ मापदन्ड जारी गरको छ ।

मापदण्डमा भनिएको छ, “फ्लाइट क्रु सदस्य तथा क्याबिन क्रुले फोटो खिच्ने प्रयोजनका लागि पोर्टेबल वा फिक्स डिभाइस प्रयोग गर्न पाउने छैनन् । यो नियम जम्प सिट अकुपेन्टका लागि पनि लागु हुनेछ ।”

प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले उडान सञ्चालन मापदण्ड संशोधन गर्दै यस्तो नियम लागु गरेको हो । प्राधिकरणले यात्रुहरुका हकमा भने फोटो तथा भिडियो खिच्न छुट दिएको छ ।

प्रतिक्रिया